6.5k
Shares
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)’ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै समाप्त हुनेछ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार, सांसदहरूको धारणा सकिएपछि मन्त्री पौडेलले जवाफ दिने कार्यसूची तय भएको छ।
यो छलफल वैशाख ३० गतेदेखि प्रतिनिधिसभामा जारी छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा तोकेको थियो।