ट्रेन्डिङ

Logout

स्वास्थ्य मन्त्रालयमा अर्बौंको बेरुजु: एक अर्ब ७० करोडभन्दा बढी रकमको हिसाब अपारदर्शी!

6k Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका निकायहरूमा एक अर्ब ७० करोडभन्दा बढी रकम बेरुजु देखिएको छ। महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार, स्वास्थ्य मन्त्रालय मातहतका निकायमा कुल एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रकम बेरुजु रहेको उल्लेख छ।

प्रतिवेदनले सरकारी कार्यालयतर्फ १६ निकायमा ३० करोड तीन लाख ४६ हजार बेरुजु देखाएको छ। प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएपछि छ करोड ४३ लाख ४६ हजार फछर्योट गरिएको छ, तर अझै २३ करोड ६० लाख बेरुजु बाँकी रहेको छ। 

त्यस्तै, अन्य संस्था र समितिहरूमा एक अर्ब ५३ करोड १२ लाख ७५ हजार बेरुजु फेला परेको छ। पाँच करोड ७७ लाख ११ हजार फछर्योट भए पनि एक अर्ब ४७ करोड ३५ लाख ६४ हजार बेरुजु बाँकी छ। यसमा २६ करोड ७८ लाख २७ हजार म्याद नाघेको पेस्कीसमेत समावेश छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार