7.5k
Shares
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मे १७ बाट पुनः सुरु हुने भएको छ। यो सिजनको फाइनल खेल जुन ३ मा आयोजना हुनेछ। आइपिएलले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत यो जानकारी सार्वजनिक गरेको छ।
मे ८ मा हिमाचल प्रदेशको धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द भएपछि आइपिएल एक हप्ताका लागि स्थगित भएको थियो। खेल चलिरहँदा रंगशालामा ब्ल्याकआउट भएपछि खेल रद्द गरिएको थियो।
भारतीय रक्षा मन्त्रालयका अनुसार, मे ८ को राति पाकिस्तानले भारतका विभिन्न स्थानमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको थियो। तर, अवस्था क्रमशः सामान्य बन्दै गएपछि आइपिएल पुनः सुरु गर्ने तयारी गरिएको हो।