Logout

देवानगञ्ज गाउँपालिका वडा-५ द्वारा ६३ छात्रालाई साइकल वितरण

19.2k Shares

देवानगञ्ज । "बेटी बचाउ, बेटी पढाउ" अभियान अन्तर्गत देवानगञ्ज गाउँपालिका वडा नं. ५ कार्यालयले कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा भर्ना भएका ६३ जना छात्राहरूलाई साइकल वितरण गरेको छ। छात्राहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यले कार्यक्रम सम्पन्न

वडा कार्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहता र वडा नं. ५ का अध्यक्ष मनाेज कुमार मण्डलले संयुक्त रूपमा छात्राहरूमाझ साइकल वितरण गर्नुभयो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष मण्डलले गर्नुभयो भने प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष मेहताको उपस्थिति थियो। त्यस्तै, वडा सचिव खेमराज ढकाल, नेकपा एमालेका वडा सभापति जितेन्द्र कुमार ठाकुर, वडा सदस्य प्रमानन्द पाल लगायत वडा सदस्यहरू तथा स्थानिय अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।IMG20250505152546.jpg

वडा अध्यक्ष मण्डलका अनुसार, “साइकल वितरणले छात्राहरूलाई विद्यालय आउ-जाउमा सजिलो हुनुका साथै शिक्षाप्रति प्रेरणा र उत्साह मिल्ने विश्वास गरिएको छ। कुनै पनि पार्टी र राजनीतिक पंक्तिलाई प्राथमिकता नदिई, कक्षा ८ पास गरेका सबै छात्रालाई साइकल प्रदान गरिएको हो।”

प्रमुख अतिथि मेहताले कार्यक्रमलाई अत्यन्तै उपलब्धिमूलक भएको बताउँदै वडा अध्यक्षलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा अन्य वडामा पनि यस प्रकारका कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो। साथै, देवानगञ्ज गाउँपालिका वडा नं. २ मा निर्माणाधीन १० बेडको अस्पताल आगामी असार मसान्तभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै, “अब यहाँका जनताले उपचारका लागि टाढा जानुपर्ने आवश्यकता नरहनेछ,” भन्नुभयो।

उक्त कार्यक्रमले स्थानीय समुदायमा छोरीहरूको शिक्षामा पहुँच र सहभागिता बढाउनेमा टेवा पुग्ने अपेक्षा गरिएको छ।IMG20250505152554.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार