ट्रेन्डिङ

Logout

महोत्तरीको बलवा नगरपालिकामा २५ जना क्षयरोगबाट सङ्क्रमित, सचेतना अभियानको माग

7.1k Shares

महोत्तरी– बलवा नगरपालिकाको वडा नम्बर ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको छ। जनस्वास्थ्य कार्यालयकी स्वास्थ्यकर्मी प्रतिभा सिंहले यो जानकारी दिएकी हुन्।


धमौरा स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र महतोका अनुसार १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा यो रोग देखिएको छ। सङ्क्रमितमध्ये ८० प्रतिशत मुस्लिम समुदायका र बाँकी अन्य जातजातिका छन्। हाल १२ जना सङ्क्रमित स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेको महतोले बताए।


स्थानीय बासिन्दाले वडामा तत्काल बृहत् सचेतना कार्यक्रम सञ्चालन गरी थप सङ्क्रमितको पहिचान र रोगको फैलावट रोक्न माग गरेका छन्। 


क्षयरोग चुरोट, बिडी, धूमपान, धुलो, धुवाँ र अस्वस्थ खानपानका कारण हुने सरुवा रोग हो। स्वास्थ्यकर्मीका अनुसार समयमै उपचार नगरे यो रोग एक व्यक्तिबाट अर्कोमा सर्दै गम्भीर रूप लिन सक्छ। नेपाल सरकारले क्षयरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार