Logout

रामनवमीको अवसरमा देवानगञ्ज–१ श्रीरामजानकी मन्दिरमा भव्य कलश यात्रा सम्पन्न

12.8k Shares

सुनसरी। रामनवमीको पावन अवसरमा देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीस्थित श्रीरामजानकी मन्दिरमा आज एक भव्य र ऐतिहासिक कलश यात्रा सम्पन्न भएको छ। धार्मिक आस्था र सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कलश यात्रामा स्थानीयसहित सयौं श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कलश यात्रा आज बिहान ठीक ७:०० बजे श्रीरामजानकी मन्दिरबाट सुरु गरिएको थियो। महिलाहरू परम्परागत पहिरनमा सजिएर पूज्य कलश बोकेर अगाडि थिए भने पुरुषहरूले विविध धार्मिक झाँकीसहित यात्रामा सहभागिता जनाएका थिए। यात्रा चन्दामोहन खोलासम्म पुगेर त्यहाँबाट पवित्र जल संकलन गरी पुनः मन्दिरमा फर्किएर श्रीराम जानकीको मूर्तिमा जल अर्पण गरी समापन गरिएको थियो।IMG20250406095529.jpg

कलश यात्रामा ५०० भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको थियो। देवानगञ्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहता स्वयं उपस्थित रही यात्रामा सक्रिय भूमिका निर्वाह गरेका थिए। त्यस्तै, स्थानीय नेताहरू, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, महिलासमूह र युवाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।IMG20250406123204.jpg

कार्यक्रमले धार्मिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक सम्पदाप्रतिको श्रद्धा झल्काएको सहभागीहरूले बताएका छन्। आयोजक पक्षले यस्तो आयोजनाले आगामी पुस्तालाई संस्कृति र परम्पराप्रतिको समझ र गर्व दिलाउने विश्वास व्यक्त गरेका छन्।IMG20250406095401.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार