Logout

सुनसरी : स्वतन्त्र पत्रकार संघका सचिवद्वारा फागु पूर्णिमाको शुभकामना

8.2k Shares

सुनसरी । स्वतन्त्र पत्रकार संघ, सुनसरी जिल्ला कार्यसमितिका सचिव रविन्द्र कुमार यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई फागु पूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै सचिव यादवले फागु पूर्णिमालाई हर्ष, उमङ्ग, र सद्भावको पर्व भएको उल्लेख गरेका छन्। उनले यस पर्वलाई वसन्तोत्सव र मदनोत्सवका रूपमा समेत चिनिने उल्लेख गर्दै प्राकृतिक पुनर्जागरणको प्रतीकका रूपमा मनाउने परम्परा रहेको बताएका छन्।

"फागु पूर्णिमा वसन्त ऋतुको आगमनसँगै हर्षोल्लास र प्रेमको उत्सव हो। यो पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव, र खुशीको सन्देश फैलाउने विश्वास लिइन्छ," सचिव यादवले भने।

यस अवसरमा उनले सबै नेपालीलाई रंग, उमङ्ग, र सौहार्दताको यस पवित्र पर्वलाई मर्यादित र सुरक्षित रूपमा मनाउन आग्रह गरेका छन्।

"फागुपूर्णिमाको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, र उज्ज्वल भविष्यको कामना गर्दछु। ह्याप्पी होली!" सचिव यादवले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार