Logout

भारतमा मानसिक यातनाको शिकार भई मृत प्रकृति लम्सालको रुपन्देहीमा अन्त्येष्टि

3.6k Shares

भारतमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि बिहीबार रुपन्देहीको स्वर्गद्वारी घाटमा सम्पन्न भयो। भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी-टेक अध्ययनरत प्रकृतिलाई गत आइतबार होस्टेलको कोठामा झुन्डिएको अवस्थामा मृत पाइएको थियो। उनको शव बुधवार राति रुपन्देही ल्याइएको थियो।

प्रकृतिको मृत्युको कारण भारतीय मिडियाले भारतीय विद्यार्थी अडिवक श्रीवास्तवद्वारा दिइएको मानसिक यातनालाई जनाएका छन्। प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई यसबारे दुई पटक उजुरी गरे तापनि कुनै सुनुवाइ नभएको बताएका छन्।

प्रकृतिको अन्त्येष्टिमा सयौं स्थानीय बासिन्दा, सुरक्षा अधिकारी, व्यवसायी र जनप्रतिनिधिहरू सहभागी भएका थिए। उनको शव घरमा ल्याउँदा आफन्त र स्थानीय बासिन्दाहरू भावविह्वल देखिएका थिए।

प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट रुपन्देहीसम्म सडक मार्गबाट ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले अन्त्येष्टिपछि स्थिति नर्मल रहेको जानकारी दिए।

प्रकृतिको असामयिक मृत्युले उनका परिवार र साथीहरूलाई गहिरो सदमा पारेको छ। उनको मृत्युले विद्यार्थीहरूमाथि हुने मानसिक यातनाको विषयलाई पनि उजागर गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार