6.4k
Shares
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुम्बई आतंकवादी आक्रमणका एक मुख्य अभियुक्त तहववुर रानालाई भारत फिर्ता पठाउने घोषणा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको ह्वाइट हाउस भेटमा ट्रम्पले यो महत्वपूर्ण निर्णय सार्वजनिक गरेका हुन्।
पाकिस्तानी मूलका क्यानाडेली नागरिक राना हाल लस एन्जलसको जेलमा छन्। मुम्बई हमलाको मुख्य योजनाकार मानिएका डेभिड कोलम्यान हेडलीका नजिकका सहयोगी राना विरुद्ध भारतले लामो समयदेखि कूटनीतिक पहल गर्दै आएको थियो।
अमेरिकी सर्वोच्च अदालतले रानाको सुपुर्दगी विरुद्धको अपिल खारेज गरिसकेको छ। ट्रम्पको यो घोषणासँगै सन् २००८ को मुम्बई आतंकवादी हमलाका दोषीहरूमाथि कारबाही प्रक्रिया अघि बढ्ने भारतीय अधिकारीहरूले जनाएका छन्।