
दिल्ली विधानसभा निर्वाचन २०२५ को लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। यस पटक ७० सिटका लागि ६ सय ९९ जना उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन्। यस निर्वाचनमा करिब १ करोड ५६ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने विश्वास गरिएको छ। मतदानका लागि १३ हजार बुथहरू राखिएका छन्।
यस पटकको निर्वाचनमा आम आदनि पार्टी (आप) र भारतीय जनता पार्टी (भाजपा) बीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। आपले यसअघि २०१५ मा ६७ सिट र २०२० मा ६२ सिट जितेको थियो। यस पटक पनि आपले सबै ७० सिटमा उम्मेदवार उठाएको छ भने भाजपाले ६८ सिटमा मात्र उम्मेदवार दिएको छ। भाजपाले २ सिट सहयोगी पार्टी जनता दल युनाइटेड र लोक जनशक्ति पार्टीलाई छोडेको छ।
निर्वाचनमा संयुक्त रूपमा लड्ने ५ पार्टीहरूले विधानसभामा छुट्टाछुट्टै रूपमा प्रतिस्पर्धा गर्ने देखिएको छ। विधानसभामा बहुमत हासिल गर्न ३६ सिट आवश्यक छन्। यस निर्वाचनको नतिजा दिल्लीको राजनीतिक परिदृश्यलाई निर्धारण गर्ने अपेक्षा छ।