Logout

आज गंगा सागरमा सीताको मटकोर हुँदै

1.5k Shares

 साताव्यापी विवाह पञ्चमी महोत्सवको बिहीबार पाँचौ दिन अर्थात् मटकोर विवाहको अघिल्लो दिन गरिने विधि हर्षोउल्लासका साथ मनाइने भएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित गंगाासागरमा प्रत्येक वर्ष झैं यसवर्ष आज साताव्यापी विवाह पञ्चमी महोत्सवअन्तर्गत मटकोर विधि गरिने भएको हो ।

साधु सन्त र श्रद्धालु महिलाहरुले कलश शिरमा राखेर गंगासागरको किनारमा गएर वैधिक परम्परा अनुसार सीताको पिताको भूमिका निर्वाह गरिरहेका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले विधिपूर्वक सीताको मटकोर गर्नुहुनेछ । 

आइतबारदेखि सुरु भएको साताव्यापी विवाह महोत्सवको पहिलो दि नगर दर्शन, दोस्रो दिन फुलवारी लिला, तोस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर र छैठौं दिन शुभ विवाह हुन परम्परा छ । यस्तै, सातौं दिनमा रामकलेवा (विवाहमा सहभागी साधुसन्तलाई विभिन्न थरीका व्यञ्जनको भोजन) पछि विवाह महोत्सव सम्पन्न हुनेछ ।

 

source: gorkhapatra

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार