वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा विह्वलको नया कृति मिथिला मिथक हालै प्रकाशित भएको छ ।
राष्ट्रिय समाचार समिति ( रासस)का अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष हुन । पत्रकारिताका समेत प्रशिक्षक रहेका झाका पत्रकारितासम्बन्धी अनेकौ पुस्तक प्रकाशित छन ।
नेपाली र मैथिली भाषामा समान अधिकार राख्ने झाका यी दुबै भाषामा दर्जनबढी साहित्यिक कृति प्रकाशित छन ।
मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारको परिचय बनाएका विह्वल यस पटक फरक रूप र शैलीमा प्रस्तुत भएका छन । उनको यो नवीनतम कृति मिथिला मिथक अनुसन्धामा आधारित छ ।
मैथिली भाषामा प्रकाशित अनुसन्धानात्मक यो कृति अहिले पाठक- समीक्षकमाझ चर्चामा छ । आफ्नो प्रकारको पहिलो पुस्तक भएका कारण पनि विमोचन हुनुअघि नै पुस्त्स्क चर्चामा आएको हो । अहिले मैथिली संस्कृति र इतिहासको दस्तावेजका रूपमा पनि पाठकमाझ यो पुस्तकको लोकप्रीयता बढ्दो छ ।
नेपाली भाषामा पनि मिथकबारे खासै काम हुन नसकेको पृष्ठभूमिमा प्रकाशित यो पुस्तक यस विषयमा मैथिलीमा भने पहिलो नै मानिएको छ । यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको संकलन प्रकाशित गरेको स्मरणीय छ । विह्वल उक्त कोषका पनि एक सम्पादक हुन ।
मुख्यतया नेपालको मैथिलीभाषी समाजमा किम्ब्दन्ती र विश्वासका रूपमा जीवित मान्यताहरूलाइ पुस्तकमा मिथकका रूपमा संकलित गरिएको छ ।
कुल ६ वटा अध्यायमा बिभक्त यस पुस्तकमा समाजमा प्रचलित मिथकका अतिरिक्त मिथकको शास्त्रीय बिबेचना पनि प्रस्तुत गरिएको छ । यसले पुस्तकलाइ खदिलो बनाउनुका साथै पाठकका लागि निकै उपयोगी बनाएको छ । पुस्तकमा एक सय ११ वटा मिथक संकलित छन ।
लेखकका अनुसार यो अध्ययन प्रारम्भ्मात्र हो । अब यससम्बन्धमा अन्वेषकहरूले रुचि राखेर थप अध्यन गरिदिनुपर्ने आग्रह झाको छ । उनी भन्छन- मिथिला क्षेत्रमा जनविश्वासका रूपमा जीवित यस्ता थुप्रै सन्दर्भ छन जसको खोजी र अध्ययन हुनु जरूरी छ ।
प्पुस्तकका भूमिका लेखक मैथिलीका प्रसिद्ध विद्वान ड रमानन्द झा रमणको भनाइ छ- मिथिला सान्स्कृतिक रूपमा निकै सम्पन्न छ । तर प्रचार- प्रसारको अभावका कारण संस्कृतिमा निहीत ज्ञानबारे जानकारी गराउने सकिएको छैन । यस पुस्तकले त्यस दिशामा केही योगदान गर्न सक्ने विश्वास डा रमणको छ ।
यस्तै अर्का भूमिका लेखक त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयका उपप्राध्यापक राजेश यादव विद्रोहीले कुनै पनि समाज र सभ्यता बुझ्न मिथक सहयोगी हुने बताउदै विह्वलको यो कार्य अत्यन्त महत्त्वपूर्ण ठहरिने विश्वास व्यक्त गरेका छन ।
मिथकलाइ स्वयममा ईतिहास मानिदैन तर यिनले इतिहासको अध्ययन प्रक्रियालाई भने आधार प्रदान गर्ने विश्वास गरिन्छ । पुस्तक प्रस्तुतकर्ता विह्वलले, यसमा संकलित सबै सामग्री मिथक नै हुन भन्ने दावी गरेका छैनन । विह्वल भन्छन- तर यो कृतिले मिथक अध्ययनका बारेमा बहस भने प्रारम्भ गर्नेछ ।
मुन्नीकुमारी मिश्रले प्रकाशित गरेकी पुस्तकमा समेटिएका सामग्रीहरूको प्रतिनिधित्व हुने गरि कलाकार आकांक्षा झाले झिझियालाइ आवरणमा उतारेकी छिन ।