गीतकार बालक गुरुङको शब्द रचना रहेको सुगम सङ्गीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ । यो गीतलाई गीतकार बालक गुरुङले नै सङ्गीतवद्ध गर्नुभएको हो । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दीवेश राईले सङ्गीत संयोजन गर्नुभएको छ भने योगेन मुकारुङले यसलाई मिक्सिङ तथा माष्टरिङ गर्नुभएको छ ।
यो गीत निकै रोमान्टिक बनेको छ । गायक राजेशपायल राईको गायकीमा एउटा बेग्लै मिठास सुन्न सकिन्छ । शब्दहरू प्रेमिल छन् भने सङ्गीत पनि कर्णप्रिय छ ।
यो गीतको स्टुडियो छायांकनसहितको भिडियो पनि सार्वजनिक भएको छ । गीत रचनाको क्षेत्रमा तीन दशकदेखि सक्रिय बालक गुरुङ पछिल्लो दुई दशकदेखि गीतको रुपमा परिचित हुनुहुन्छ । उहाँले रचना गरेका गीतहरूका तीन वटा एल्बम ‘स्टार, कर्म तथा सुर सुगन्ध सार्वजनिक भएका छन् ।
उहाँले रचना गरेका कविताहरूको सङ्ग्रह ‘साथीलाई कविता’ तथा उपन्यास ‘ओइली झरेछ सयपत्री’ पनि सार्वजनिक पाठकमाझ आएका छन् ।
गीतकार बालक गुरुङको ‘प्रिय प्रिया’ सार्वजनिक
11k
Shares
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
संकटमा गगन, ओलीसँग तोडे दूरी
२.
भारतीय विदेश सचिवको नेपाल दौडाहा, शाहको भारत भ्रमण मुख्य चासो
३.
इनम प्रकरण: सत्ताको दुरुपयोग
४.
इनमको अडियो प्रकरण: सरकारमाथि अजयबाबुको गम्भीर आरोप
५.
भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै, प्रधानमन्त्रीसँग पनि भेट्ने
६.





