‘पत्रकारलाई बाहिर राखेर महासङ्घको निर्वाचन हुँदैन’
6.8k
Shares
काठमाडौँ, ५ जेठ : नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मतदान गर्नबाट कोही पत्रकार बञ्चित हुन नहुने बताउनुभएको छ ।
आज नैकापमा नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आयोजना गरेको बैठक तथा छलफलमा अध्यक्ष लम्सालले मतदानबाट कोही पत्रकार पनि बञ्चित नहुने गरी महासङ्घले मतदाता नामावली सार्वजनिक गर्नेमा आफू विश्वस्त रहेकोसमेत बताउनुभयो । “सदस्यता शुद्धीकरणको मापदण्डअनुसार नै सदस्यता रद्द गर्ने वा नवीकरण गर्ने काम हुन्छ भन्नेमा म विश्वस्त छु । त्यसैले महासङ्घले सार्वजनिक गर्ने मतदाता नामावलीमा पत्रकार छुट्दैनन्, छुट्नुहुँदैन”, अध्यक्ष लम्सालले भन्नुभयो । सदस्यताको विषयमा उठिरहेका प्रश्न लिएर महासङ्घ नेतृत्वसँग छलफल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
युनियन काठमाडौँ शाखा अध्यक्ष महेश गौतमले सदस्यताको विवाद मिलाएर मात्र महासङ्घले निर्वाचन प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यसअवसरमा युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, युनियन ललितपुर शाखा अध्यक्ष केदारनाथ दाहाललगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
ट्रम्पको शान्ति प्रस्तावप्रति युरोप सशंकित, पुटिनलाई युद्ध चर्काउने अवसर!
२.
किन अचानक अन्तर्राष्ट्रिय फुटबलबाट टाढिए रोनाल्डो ? प्रशिक्षकसँगको विवाददेखि ४१ वर्षको उमेरसम्मका ५ कारण
३.
जापोरिजियाको विद्यालयमा रुसी बम आक्रमण : ३३ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
४.
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?
५.
मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारपछि ट्रम्पमाथि महाभियोगको दबाब, के पद गुम्ला?
६.






