जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ :मन्त्री बस्नेत
7.4k
Shares
काठमाडौँ, १६ चैत : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताउनुभएको छ ।
आज यहाँ आयोजित ‘विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापन, उपयोग, संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पानीको सहज व्यवस्थापनका सन्दर्भमा भएको अध्ययन प्रतिवेदनलाई राजनीतिकर्मीले स्वीकार गरी नीतिगत कार्यान्वयनमा लैजानुपर्ने मन्त्री बस्नेतको भनाइ छ ।
पानीको सहज व्यवस्थापनका लागि थप गम्भीर बन्नुपर्ने, समस्याको पहिचान गरेर अगाडि बढ्नु आजको प्रमुख कार्यभार भएको उहाँले स्पष्ट पार्नुभयो । जलस्रोतको व्यवस्थापनलाई एकीकृत दृष्टिकोणका साथ हेर्नुपर्ने विषयमा यस अध्ययनले विशेष जोड दिएकोमा मन्त्री बस्नेतले प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
नदी बेसिनको बहुपक्षीय प्रयोगलाई विशेष ध्यान दिँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको र कानुनी एवं संरचनागत विषयलाई ध्यान दिँदै बजेटको विनियोजनलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । जलवायु उत्थानशील जलस्रोत व्यवस्थापनका लागि विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापनमा परेका बाधा अड्चन लगायतका विषय अध्ययन प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
ट्रम्पको शान्ति प्रस्तावप्रति युरोप सशंकित, पुटिनलाई युद्ध चर्काउने अवसर!
२.
किन अचानक अन्तर्राष्ट्रिय फुटबलबाट टाढिए रोनाल्डो ? प्रशिक्षकसँगको विवाददेखि ४१ वर्षको उमेरसम्मका ५ कारण
३.
जापोरिजियाको विद्यालयमा रुसी बम आक्रमण : ३३ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
४.
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?
५.
मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारपछि ट्रम्पमाथि महाभियोगको दबाब, के पद गुम्ला?
६.






