पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइको माग गर्दै आइतबार दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबारका लागि पेसी तोकिएको हो।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको घटनामा अनुसन्धानका क्रममा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकका तर्फबाट यशोदा लेखक र पूर्वप्रधानमन्त्री ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएका हुन्।
जेन–जी आन्दोलनका क्रममा भएको दमनका लागि जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले शनिबार तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरेको हो।
उक्त रिटमाथिको सुनुवाइले उनीहरूको थुनाबारे कानुनी निर्णय दिने अपेक्षा गरिएको छ।