Logout

उपेन्द्रले मागे संघमा स्वास्थ्य मन्त्रालय

1.7k Shares

काठमाडौं, माघ १८ - राष्ट्रिय सभामा अध्यादेश पारितको निर्णायक मत रहेको जनता समाजवादी पार्टी (जसपा)ले सत्तारुढ गठबन्धनसँग संघीय स्वास्थ्य मन्त्रालय र मधेश प्रदेशको मुख्यमन्त्री पद माग गरेको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी यी माग राखेका हुन्। सूत्रका अनुसार सत्तारुढ दलहरू मधेश प्रदेशको मुख्यमन्त्री पद दिन सहमत भएका छन्।

राष्ट्रिय सभामा ५९ सदस्य रहेकोमा सत्तारुढ गठबन्धनसँग बहुमत पुर्‍याउन जसपाका तीन सांसदको मत आवश्यक छ। प्रतिनिधिसभामा कांग्रेस-एमालेसँग बहुमत भए पनि राष्ट्रिय सभामा जसपाको साथ बिना अध्यादेश पारित हुन सक्दैन।

कांग्रेस संसदीय दलका सदस्य श्याम घिमिरेले जसपाको समर्थनमा अध्यादेश स्वीकृत गरिने र पार्टी सरकारमा सहभागी हुने सम्भावना रहेको जानकारी दिए। हाल जसपाले ओली नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्दै आएको छ।

यसैबीच, विपक्षी दलहरूले भने सरकारद्वारा ल्याइएका छ वटै अध्यादेशको विरोध गरिरहेका छन्। जसपाको मागबारे सहमति नजुटेपछि आज संसदमा पेश हुने भनिएको अध्यादेश स्थगित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार